३१ बैशाख, काठमाडौं । नेपालमा बुधबार दिउँसो नयाँ २ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । कपिलवस्तु र बाँके जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु जिल्ला, कपिलवस्तु–५ निवासी २२ बर्षीय तथा बाँके जिल्ला, नेपालगञ्ज–८ निवासी ३६ बर्षीय पुरुषहरु रहेका छन् ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरु २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २१९ पुगेको छ । संक्रमितहरुमध्ये ३४ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।