Nepal's Trusted Health Online Portal

बुधबार साँझ पुनः २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो

नवलपरासीमा पनि भेटियो कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

३१ बैशाख, काठमाडौं । नेपालमा बुधबार साँझ एकैपटक थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ बर्षीय पुरुषहरु  तथा ४, १० र २८ बर्षीय महिलाहरु, कपिलवस्तु जिल्ला निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षीय पुरुषहरु, पर्सा जिल्ला निवासी ३६ र ७४ बर्षीय पुरुषहरु तथा ३६ बर्षीय महिला र नवलपरासी जिल्ला निवासी ३६ बर्षीय पुरुष रहेका छन् । नवलपरासी जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै बुधबार एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि बुधबार दिउँसो २ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २४३ पुगेको छ । संक्रमितहरुमध्ये ३५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.