Nepal's Trusted Health Online Portal

बिहीबार बिहान थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २५० पुग्यो

Get real time updates directly on you device, subscribe now.

१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको ५ जना संक्रमित थपिएको तथ्याङ्कलाई त्रुटी भएको भन्दै सच्याएको छ ।

मन्त्रालयले बिहीबार बिहान २ जना र त्यसपछि ५ जना थपिएको सुची सार्वजनिक गरेको थियो । उक्त ५ जनाको सुचीमा त्रुटी भएको हो ।

थपिएका दुई जना संक्रमितहरु भने काठमाडौं, चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलवस्तु निवासी ६ बर्षीय बालिका रहेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु सातै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २४५ पुगेको छ । संक्रमितहरुमध्ये ३५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.