३१ बैशाख, काठमाडौं । पुल्चोक स्थित निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल गरिएको छ ।
आरोग्य फाउन्डेसनमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकैस्थानमा रहेको निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल गरिएको हो ।
मंगलबार काठमाडौंमा भेटिएको कोरोना संक्रमित मध्ये एक आरोग्य फाउन्डेसनमा कार्यरत नर्स रहेको खुलेको हो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिल गरिएका दुवै संस्थामा प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ ।