Nepal's Trusted Health Online Portal

कपिलवस्तुमा वैकल्पिक चिकित्साबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम आयोजना

Get real time updates directly on you device, subscribe now.

स्वास्थ्य पोष्ट् सम्वाददाता । कपिलवस्तुमा आयुर्वेद तथा वैकल्पिक चिकित्साबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम सुरु गरिएको छ ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, तौलिहवाको डा. विजय भुर्तेल सहितको टोलीले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेका सुपादेउराली रिसोर्ट र दुर्गा मन्दिरमा रहेका क्वारेन्टाइनबाट “आयुर्वेद तथा वैकल्पिक चिकित्सा बाट कोरोना रोकथाम र नियन्त्रण’ कार्यक्रमको सुरुवात गरेको हो ।

गत २४ गते देखि सुरु भएको उक्त कार्यक्रममा सुपादेउराली रिसोर्टमा २० जना र दुर्गा मन्दिरमा ७ जना निगरानीमा राखिएका सहित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी गरी करिब ४० जनाले सहभागीता जनाएका थिए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरु मानसिक तनाव, चिन्तामा रहेको देखिएको अवस्थामा केन्द्रले ‘तनाव व्यवस्थापन योग प्याकेज’ मार्फत सुक्ष्म व्यायाम, योगासन, प्राणायाम, ध्यान, हाँस्यासन र नित्यसहितको ४५ मिनेटको अभ्यास गराएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई नियमित गुर्जी चुर्ण, आमलकी चुर्ण लगायत रोग प्रतिरोधात्मक क्षमता भएका आयुर्वेद औषधि शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री चुरामणि भट्टराईलाई हस्तान्तरण गरिएको डा.भुर्तेलले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका जेष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण, स्तनपायी आमाको लागि शतावारी चुर्ण र बच्चाको लागि दशमूल मालिस तेल पनि वितरण गरियो । ‘क्वारेन्टाइनमा बस्दा अल्छी लाग्ने र घरपरिवारको चिन्ता भईरहेको बेला यसरी रमाईलो योग गर्दा, दिल खोलेर हाँस्दा र नाच्दा मन सारै फुरुंग भयो’ सुपदेउराली रिसोर्ट क्वारेन्टाइनमा रहेका एक व्यक्तिले बताए ।

महामारीको बेलामा के खाने, बिहान देखि राति सम्म कस्तो कस्तो क्रियाकलाप गर्दा स्वस्थ भईन्छ भन्ने जस्ता जीवनशैली व्यवस्थापन सम्बन्धि जानकारी पाएको दुर्गा मन्दिर क्वारेन्टाइनमा रहेकी एक महिलाले बताईन् ।

प्रदेश नं ५, सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रयोग गर्ने निर्णय गरेअनुसार कार्यक्रम अगाडी बढाईएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको भनाई रहेकोछ ।

कपिलवस्तु जिल्ला स्थित सम्पूर्ण क्वारेन्टाइन स्थलहरुमा स्थानीय तहको समन्वयमा पुगी सेवा दिने लक्ष्य कार्यालयले राखेको छ । सो कार्यक्रममा नियमित योगाभ्यास, गुर्जी आदि रोगप्रतिरोधि चिया पान, अमला चुर्ण सेवन र जीवनशैली व्यवस्थापन परामर्श दिइनेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.