Nepal's Trusted Health Online Portal

अमेरिकामा कोरोना संक्रमणबाट ८२ हजारको मृत्यु, १३ लाख ६९ हजार बढी संक्रमित

न्यूयोर्कमा मात्रै ३ लाख ३८ हजार भन्दा बढीमा संक्रमण

Get real time updates directly on you device, subscribe now.

स्वास्थ्य पोष्ट् । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दा सम्म अमेरिकामा कोरोना भाइरसको संक्रमित १३ लाख ६९ हजार ३ सय ७६ पुगेका छन् भने ८२ हजार ३ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म ९६ लाख ३७ हजार ९ सय ३० जनामा कोरोना परीक्षण गरिएको छ । संक्रमित मध्ये २ लाख ३० हजार २८७ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी संक्रमण न्यूयोर्क राज्यमा फैलिएको छ भने मृत्यु हुने पनि न्यूयोर्क मै बढी छन् । न्यूयोर्कमा अहिलेसम्म ३ लाख ३८ हजार भन्दा बढीमा संक्रमण फैलिएको छ भने २७ हजार २ सय ८४ जनाको ज्यान गएको छ ।

न्यूयोर्क पछि न्यू जर्सी राज्यमा १ लाख ४० हजार बढी संक्रमित भएका छन् । त्यहाँ ९ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ । न्यू जर्सी पछि इलिनोइसमा ८३ हजार बढी संक्रमित भएका छन् भने ३ हजार ६०१ को ज्यान गएको छ ।

त्यस्तै म्यासाच्युसेट्समा ७९ हजार बढी संक्रमित भएका छन् । त्यहाँ इलिनोइसमा भन्दा बढी मानिसहरुको ज्यान गएको छ । म्यासाच्युसेट्समा कोरोना संक्रमणबाट ५ हजार १४१ जनाले ज्यान गुमाएका छन् ।

क्यालिफोर्नियामा ७० हजार बढी मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ २ हजार ८५९ जना संक्रमितको मृत्यु भएको छ । क्यालिफोर्निया पछि क्रमश पेन्सिलभेनिया, मिचीगन, फ्लोरिडा, टेक्सास लगायतमा बढी संक्रमण देखिएको छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण रसियामा फैलिएको छ । रसियामा पछिल्ला दिनहरुमा संक्रमण ह्वात्तै बढेको छ । रसियामा २ लाख ३२ हजार बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । रसियामा संक्रमितहरुमो मृत्युदर भने थोरै छ । हालसम्म रसियामा २ हजार ११६ जना संक्रमितको ज्यान गएको छ । रसियापछि क्रमशः स्पेन, बेलायत, इटली, फ्रान्स, ब्राजिल, जर्मनी लगायतका देशहरु धेरै संक्रमण फैलिएको मुलुकको सुचीमा छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८७ देशमा फैलिइसकेको छ । चीनमा सबैभन्दा बढी संक्रमण र संक्रमितको मृत्यु वुहानमा भएको थियो । यो समाचार तयार पार्दा सम्म विश्वभर ४२ लाख ६१ हजार बढी संक्रमित भइसकेका छन् भने संक्रमित मध्ये २ लाख ९१ हजार ९४२ जनाको ज्यान गईसकेको छ । संक्रमित १४ लाख ९३ हजार भन्दा बढी निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.