Nepal's Trusted Health Online Portal

काठमाडौं र भक्तपुरसहित ६ जिल्लाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभर कुल संक्रमित संख्या २१७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

३० बैशाख, काठमाडौं । नेपालमा मंगलबार राती पुनः २६ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । काठमाडौं, भक्तपुर, पर्सा, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५ र ६० बर्षीय महिलाहरु तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ बर्षीय पुरुषहरु, महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला तथा ४० बर्षीय पुरुष, भक्तपुर जिल्ला निवास २५ बर्षीय महिला तथा २७ बर्षीय पुरुष, काठमाडौं जिल्ला निवासी ३३ बर्षीय महिला र सर्लाही जिल्ला निवासी ४५ बर्षीय पुरुष रहेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै मंगलबार मात्रै एकैदिन ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले मंगलबार नै ५७ जनाको ठूलो संख्यामा कोरोना संक्रमितहरुको विवरण सार्वजनिक गरेको थियो । नेपालमा कोरोना संक्रमित भेटिए यता एकैदिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको मंगलबार पहिलो पटक हो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २१७ पुगेको छ । संक्रमितहरुमध्ये ३३ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.