Nepal's Trusted Health Online Portal

आइतबार थप २९३ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२१ असार, काठमाडौं । नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

४ हजार ७१० जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २५ ओटा प्रयोगशालामार्फत ४ हजार ७१० जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ ।

त्यस्तै ३१ हजार ५७३ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार २०३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१३२ जना निको भए
पछिल्लो २४ घण्टामा १३२ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ६ हजार ५४७ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ४१.५ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

संक्रमितहरुको प्रादेशिक विवरण
प्रदेश १ : ६९४
प्रदेश २ : ४१६०
बागमती : ५६३
गण्डकी :११४२
प्रदेश ५ : ३९६८
कर्णाली : १५७९
सुदूरपश्चिम : ३६७८

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.