१ जेठ, काठमाडौं । नेपालमा बिहीबार साँझ नयाँ ३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । काठमाडौं, धादिङ्ग र धनुषा जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा काठमाडौं दहचोकका ७ बर्षीय बालक, जनकपुर धनुषाकी १७ बर्षीय युवती र धादिङ्ग निवासी ३० बर्षीय महिला रहेका छन् । धादिङ्गमा आज पहिलो पटक कोरोना संक्रमित फेला परेको हो ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु सातै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २४९ पुगेको छ । संक्रमितहरुमध्ये ३५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
