Nepal's Trusted Health Online Portal

नवलपरासी पूर्वमा पनि कोरोना संक्रमित भेटिए, संक्रमित संख्या २४६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१ जेठ, काठमाडौं । नवलपरासी पूर्वमा पनि १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वका एक ४९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित नवलपरासी पूर्वको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष रहेका छन् । भरतपुर, चितवनको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनको कोरोना संक्रमण पुष्टि भएको हो । हिँजो मात्र नवलपरासीमा पनि एकजनामा संक्रमण देखिएको थियो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २४६ पुगेको छ । यसअघि मन्त्रालयले २५० जना सार्वजनिक गरेपनि प्राविधिक कारण पुरानै रिपोर्टिङ हुन गएको भन्दै सच्याएको छ ।

संक्रमितहरुमध्ये ३५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.