Nepal's Trusted Health Online Portal

शुक्रबार थपिए ४२६ जना कोरोना संक्रमित, २१६ जना डिस्चार्ज

संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

५ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८ जना महिला र ३३८ जना पुरुष गरी ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ हजार ४०२ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा ९ जना महिला र २०७ जना पुरुष गरी २१६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

गएको २४ घण्टमा कुनै कोरोना संक्रमितको पनि मृत्यु नभएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । हालसम्म ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.