Nepal's Trusted Health Online Portal

कोरोना संक्रमितको सूचीमा भारत दोश्रो स्थानमा, ब्राजिल तेश्रो स्थानमा झर्यो

Get real time updates directly on you device, subscribe now.

२२ भदौ । पछिल्लो २४ घण्टामा ९० हजार ८ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै भारत कोरोना संक्रमित राष्ट्रको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ ।

प्रत्येक दिन संक्रमितको संख्याका आधारमा दैनिक रेकर्ड बनाउँदै आएको भारतमा आइतवार मात्रै पनि ९० हजार ६ सय ३३ जनामा संक्रमण पुष्टी भएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकव तथ्याङ्क अनुसार भारतमा सोमबार बिहानसम्म संक्रमितको संख्या ४२ लाख नाघेको छ । मन्त्रालयले जारी गरेको जानकारी अनुसार त्यहाँ कुल ४२ लाख ४ हजार ६ सय १४ जनामा कोरोना पुष्टी भइसकेको छ भने पछिल्लो २४ घण्टामा मात्रै पनि १ हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कुल ७१ हजार ६ सय ४२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितमध्ये करिब ३२ लाख ५० हजारभन्दा बढी निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतको कोरोना रिकभरि रेट ७७ दशमलव ३१ प्रतिशत रहेको छ ।

यता तेश्रो स्थानमा झरेको ब्राजिलमा भने सोमबार बिहानसम्म संक्रमितको संख्या ४१ लाख ३७ हजार ५ सय २२ पुगेको छ । ब्राजिलमा कोरोना कारण अहिलेसम्म एक लाख २७ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ३५ लाख भन्दा बढी निको भइसकेका छन् ।

कोरोना संक्रमितको सूचीको अग्रपङ्तिमा रहेको अमेरिकामा सोमबार बिहानसम्म ६२ लाख ७५ हजार भन्दा बढीलाइ कोरोना संक्रमण पुष्टी भइसकेको छ । त्यहाँ अहिलेसम्म करिब १ लाख ८९ हजारको मृत्यु भइसकेको छ भने २३ लाख भन्दा बढी निको भइसकेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्मा २ करोड ७० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ८ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमित मध्ये पनि १ करोड ८० लाख भन्दा बढी निको भइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.