२१ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट आइतबार थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २ महिला र ७ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङकी ६४ वर्षीया एक महिला र झापाकी ४५ वर्षीया एक महिला गरी जम्मा २ जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै मोरङका ४५ वर्षीय एक पुरुष, पर्साका ७७ वर्षीय एक पुरुष, धनुषाका ३५ वर्षीय एक पुरुष, काठमाडौँका ७४, ६८, ८५ वर्षीय तीन र चितवनका ७० वर्षीय एक पुरुष गरी जम्मा ७ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।