Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२१ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २९० तथा ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ३५५ पुगेको छ । आइतबार मुलुकभरी ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ८ सय १४ जना संक्रमित निको भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.