Nepal's Trusted Health Online Portal

मंगलबार मध्यरातबाट लकडाउन हट्दै

Get real time updates directly on you device, subscribe now.

६ साउन, काठमाडौँ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन गत चैत ११ गते बाट जारी राखेको लकडाउन हटाएको छ । यद्यपी सरकारले महामारीलाई मध्यनजर गरी केही प्रतिबन्धहरु भने कायमै राखेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन साउन ६ गते, मंगलबार मध्यराती १२ बजे बाट लागु हुने गरी हटाउने निर्णय गरेको हो । सरकारले १२० दिन देखि जारी कष्टपूर्ण लकडाउनलाई केही समय यता क्रमश खुकुलो पार्दै लगेको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने अझै नखुल्ने मन्त्रि खतिवडाले बताएका छन् ।

सरकारले होटल तथा रेष्टुरेन्टहरुलाई भने साउन १५ देखि सञ्चालन गर्न अनुमति दिएको छ । त्यस्तै भदौ १ गतेबाट स्कुल तथा कलेजहरुलाई विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने भएको छ तर कक्षा सञ्चालन गर्न भने पाइने छैन ।

भदौ १ गते देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तर जिल्लाका यातायात सञ्चालन गर्न पाइनेछ । त्यस्तै भदौ १ देखि अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्न अनुमति दिइएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गते देखि ७ दिनका लागि लकडाउनको घोषण गरेकोमा त्यसपछि पटक पटक गरी लकडाउनलाई लम्ब्याएको थियो । कोरोना संक्रमितहरु बढ्दै जानुका साथै संक्रमितको ज्यान नै गएपछि भने लकडाउन झनै कडा गरिएको थियो ।

लामो बन्दाबन्दीका कारण जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएपछि सरकारले जेष्ठ २६ गते पछि भने लकडाउनको मोडालिटी केही परिवर्तन गरी खुकुलो बनाउँदै लगेको थियो भने जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएको थियो । त्यस्तै केही दिन अघि मात्रै मापदण्ड अनुसार सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति दिइएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.