Nepal's Trusted Health Online Portal

थप १ हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४० हजार ५२९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१६ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४४ महिला र ५ सय २५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४० हजार ५ सय २९ पुगेको छ । नेपालमा हाल १८ हजार १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

१२ हजार ८८ जनाको पिसिआर परीक्षण
विगत २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।

७६८ जना निको भए
पछिल्लो २४ घण्टामा ७ सय ६८ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २२ हजार १ सय ७८ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५५% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

७ हजार ३९० जना क्वारेन्टाइनमा
हाल ७ हजार ३ सय ९० जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ८ सय ३२ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।

१२७ आइसियुमा १७ जना भेन्टिलेटरमा
मन्त्रालयका अनुसार हाल १२७ जना आइसियुमा उपचाररत रहेका छन् । १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

१२ जिल्लामा पाँच सय बढी संक्रमित
मन्त्रालयका अनुुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, ललितपुर, काठमाडौं, चितवन र रुपन्देही गरी १२ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने

५ जिल्ला संक्रमण मुक्त
सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमण मुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.