१६ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा मंगलबार हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ६ पुगेको छ । मंगलबार मुलुकभरी १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ सय ६८ जना संक्रमित निको भएका छन् ।