Nepal's Trusted Health Online Portal

शनिबार १२०१ जनामा कोरोना भाइरसको संक्रमण

Get real time updates directly on you device, subscribe now.

२७ भदौ, काठमाडौं । नेपालमा शनिबार थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय १६ जना महिला र ७ सय ८५ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ पिसिआर परीक्षण भएकामध्ये १ हजार २ सय १ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । जसमध्ये शनिबारसम्म ३७ हजार ५ सय २४ जना भने निको भइसकेका छन् । अब नेपालमा १५ हजार २ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ५२ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको दर ७०.६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ९ हजार १ सय ७ जना संस्थागत आइसोलेसनमा र ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर शनिबार १६० जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.