२६ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण मोरङकी ४० वर्षीया एक जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै महोत्तरीका ६५ वर्षीय एक पुरुष, धनुषाका ४५ वर्षीय एक पुरुष, काठमाडौँका ७० वर्षीय एक पुरुष र नवलपरासीका ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । संक्रमितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।