Nepal's Trusted Health Online Portal

उपत्यकामा शुक्रबार थप ६९६ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२६ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ८०९ पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबार उपत्यकामा ७० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभरी १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९ सय ७२ जना संक्रमित निको भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.