Nepal's Trusted Health Online Portal

उपत्यकामा शनिबार ४३१ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२७ भदौ । काठमाडौँ उपत्यकामा शनिबार ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार २४० पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार उपत्यकामा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ७६ वर्षीया एक जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै काठमाडौँका ५१ र ५४ वर्षीय दुई पुरुष र भक्तपुरका ३८ र ७२ वर्षीय दुई पुरुष गरी जम्मा ४ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार देशभरी १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५२ जना संक्रमित निको भएका छन् । त्यस्तै गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.