Nepal's Trusted Health Online Portal

बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५० हजार नाघ्यो

Get real time updates directly on you device, subscribe now.

२५ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय २ जना महिला र ८ सय ४४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पिसिआर परीक्षण भएकामध्ये १ हजार २ सय ४६ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ५० हजार ४ सय ६५ पुगेको छ । जसमध्ये बिहीबारसम्म ३५ हजार ७ सय जना भने निको भइसकेका छन् । अब नेपालमा १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको दर ७१ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार १० जना संस्थागत आइसोलेसनमा र ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ८ सय ६ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर बिहीबार १६५ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २१ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.