२५ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ११३ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४९५, ललितपुर ४३ र भक्तपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
बिहीबार उपत्यकामा दुई जना पुरुष र एक जना महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५९ र ८३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिला कोरोना संक्रमितको मृत्यु भएको हो ।
बिहीबार देशभरी १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ८ सय १८ जना संक्रमित निको भएका छन् ।
त्यस्तै गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ