२५ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बिहीबार थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ५५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै काठमाडौँका ५९ र ८३ वर्षीय दुई पुरुष, चितवनका ६२ वर्षीय एक पुरुष र कपिलवस्तुका २९ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । संक्रमितमध्ये ०.६३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।