१ साउन, काठमाडौं । नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६ हजार ५६ कोरोनाको एक्टिभ केश रहेको छ ।
४ हजार ९८१ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ४ हजार ९८१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये १६७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
२३ हजार ५ सय क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २३ हजार ५०० जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ५६ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
२१३ जना निको भए
पछिल्लो २४ घण्टामा २१३ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ११ हजार २४९ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६४.८५ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।