Nepal's Trusted Health Online Portal

बुधबार पनि ११६ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १७ हजार १७७ पुग्यो

Get real time updates directly on you device, subscribe now.

३१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि मंगलबार पनि ११६ जना नै कोरोना संक्रमित थपिएका थिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६ हजार ११४ कोरोनाको एक्टिभ केश रहेको छ ।

५ हजार ९० जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ११६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म नेपालमा २ लाख ९८ हजार ८ सय २९ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

२४ हजार ५२७ जना क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २४ हजार ५२७ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ११३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

६९७ जना निको भए
पछिल्लो २४ घण्टामा ६९७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ११ हजार २५ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६४.२ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.