२२ साउन, काठमाडौं । नेपालमा बिहीबार थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । यो कुल जनसंख्याको प्रतिशत ५.१ प्रतिशत हो । अब नेपालमा ६ हजार २ सय ९६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो कुल जनसंख्याको १.४ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन् । देशका विभिन्न भागमा विशेष गरी देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना हुने हुँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।
संक्रमितमध्ये अहिलेसम्म १५ हजार ३ सय ८९ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७०.७ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।