Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट बिहीबार थप ४ जनाको ज्यान गयो, मृतक संख्या ३८३ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१ असोज, काठमाडौँ । कोभिड–१९ को कारण बिहीबार थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण मोरङकी ६४ वर्षीय एक महिला, चितवनकी ३६ वर्षीय एक महिला र कैलालीकी ५७ वर्षीय एक महिलाको मृत्यु भएको छ ।

त्यस्तै काठमाडौँमा ८७ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८१ पुगेको छ । संक्रमितमध्ये ०.६४
प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.