Nepal's Trusted Health Online Portal

उपत्यकामा बिहीबार ६१८ कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघे

Get real time updates directly on you device, subscribe now.

१ असोज । काठमाडौँ उपत्यकामा बिहीबार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ८० पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार उपत्यकामा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ८७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

बिहीबार देशभरी १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार २ सय ४३ जना संक्रमित निको भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.