Nepal's Trusted Health Online Portal

उपत्यकामा झनै बढ्यो कोरोना, शुक्रबार एकैदिन ४१५ संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

१२ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ४१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा नयाँ संक्रमण हुने दरले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ ।

बुधबार  ३०१ जनामा कोरोना संक्रमण भएकोमा बिहीबार ३७७ जनामा कोरोना संक्रमण देखिएकाे थियो । शुक्रबार भने ४ सय नाघेर हालसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार उपत्यकाको काठमाडौँ जिल्लामा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ । बिहीबार मुलुकभरी ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ६९ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.