Nepal's Trusted Health Online Portal

शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१२ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३४ महिला र ५ सय ९३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । नेपालमा हाल १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा १० हजार २ सय २९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६९ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २० हजार २ सय ४२ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार ९ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ५ सय ७३ जना आइसोलेसनमा छन् । त्यस्तै ६ हजार ४ सय ४६ जना होम आइसोलेसनमा छन् । १६४ जना आइसियुमा उपचाररत छन् । २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुुसार मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, ललितपुर र काठमाडौं गरी ९ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.