१९ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९३ पुगेको छ । शुक्रबार मुलुकभरी १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ३ सय ५४ जना संक्रमित निको भएका छन् ।
त्यस्तै गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये ४ जना महिला र १० जना पुरुष रहेका छन् ।