१९ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शुक्रबार थप १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँका ८२ वर्षीया, ६७ वर्षीया, २२ वर्षीया गरी तीन महिला र चितवनकी ३५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
त्यस्तै सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय एक पुरुष, कास्कीका ३१ वर्षीय एक पुरुष, नवलपरासीका ३७ वर्षीय एक पुरुष, प्युठानका ५८ वर्षीय एक पुरुष, रुपन्देहीका ७८ वर्षीय एक पुरुष, पाल्पाका ६३ वर्षीय एक पुरुष र सुर्खेतका ४२ वर्षीय एक पुरुष गरी जम्मा १० जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।