Nepal's Trusted Health Online Portal

आइतबार थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२ हजार ७७२ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१४ असार, काठमाडौं । नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमध्ये १ हजार ४७४ जना महिला र ११ हजार २९८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०५ जना महिला र ३५८ जना पुरुष गरी ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २८ जनाले ज्यान गुमाइसकेका छन् । र यो मृत्युदर १ प्रतिशत भन्दा कम रहेको पनि प्रवक्ता डा. गौतमले बताएका छन् ।

१७९ जना निको भए
संक्रमितमध्ये अहिलेसम्म ३ हजार १३ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा २५५ महिला र २ हजार ७५८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ जना महिला र १६६ जना पुरुष गरी १७९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.