३ भदौ, काठमाडौं । नेपालमा बुधबार ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । अब नेपालमा ११ हजार १ सय १८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १२० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ७ सय जना अर्थात ६१.२ प्रतिशत निको भएका छन् ।
त्यस्तै विगत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् ।