Nepal's Trusted Health Online Portal

शनिबार थपिए २७३ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ५ हजार ३ सय ३५ पुग्योे

Get real time updates directly on you device, subscribe now.

३१ जेठ, काठमाडौं । नेपालमा शनिबार थप २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २४७ जना पुरुष र २६ जना महिला गरी २७३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार सम्म १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

पर्सा वीरगञ्ज महानगरपालिका घण्टाघरमा फेला परेको वेबारिसे शवमा कारोना संक्रमण भेटिएको छ । जेठ २८ गते अन्दाजी २५ बर्षीय पुरुषकोे शव भेटिएकोमा मृत शरीरको पोष्टमार्टमका क्रममा नारायणी अस्पतालमा स्वाब लिई कोरोना परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै बारा निजगढ–०६ योजनाटोलका ५ बर्षीय बालकको पनि कोरोना संक्रमणको कारण ज्यान गएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि बालकलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । आरडिटी परीक्षण पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको र पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । उनको पिसिआर परीक्षण रिपोर्ट नआउँदै शुक्रबार नै ज्यान गएको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

संक्रमित मध्ये अहिलेसम्म ९ सय १३ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता डा. गौतमले जानकारी दिए ।

हालसम्म ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.