Nepal's Trusted Health Online Portal

कोरोनाबाट थप एकको मृत्यु, संक्रमित संख्या ५७६० पुग्यो

आइतबार थपिए ४ सय २५ नयाँ संक्रमित

Get real time updates directly on you device, subscribe now.

३२ जेठ, काठमाडौ । नेपालमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा गुल्मीका ३६ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो संगै कोभिड १९को संक्रमणबाट मृत्यु हुने संख्या १९ पुगेको छ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ४ सय २५ जना नयाँ संक्रमित पुष्टि भएको छ । जसमा महिला ५० जना र पुरुष १ सय ७५ जना रहेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

आज ६१ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यसरी हालसम्म देशभरबाट ९ सय ७४ जना कोभिड-१९ को संक्रमण निको भएर घर फर्किएका छन् । जसमा महिला ९७ जना र ८ सय ७७ जना पुरुष रहेका छन् ।

त्यसैगरी सात प्रदेशमा गरी १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टिनमा रहेका छन् भने आइसोलेसनमा ४ हजार ७ सय ६७ जना रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा आरडिटी परीक्षण २० हजार १ सय ३९ र पिसिआर परीक्षण ६ हजार ८९ जनाको गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.