Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट बुधबार थप ८ जनाको ज्यान गयो, मृतक संख्या ३७९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

३१ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण बाराकी ४६ वर्षीय एक महिला, काभ्रेपलान्चोककी ५५ वर्षीय एक महिला र काठमाडौँकी ७१ र ७४ वर्षीय दुई महिलाको मृत्यु भएको छ ।

त्यस्तै सुनसरीका ७० वर्षीय एक पुरुष, सप्तरीका ३५ वर्षीय एक पुरुष, काभ्रेपलान्चोकका ४१ वर्षीय एक पुरुष तथा कास्कीका ५८ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.