३१ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ६२ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
बुधबार उपत्यकामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ७१ र ७४ वर्षीय दुई महिलाको मृत्यु भएको हो ।
बुधबार देशभरी १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हजार १ हजार ६८ जना संक्रमित निको भएका छन् ।
त्यस्तै गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ