Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट सुर्खेतका २८ बर्षीय युवाकोे मृत्यु, नेपालभर ११ जनाको ज्यान गयो

Get real time updates directly on you device, subscribe now.

२३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एघारौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार सुर्खेत पञ्चपुरीका २८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

१४ दिन क्वारेन्टाइनमा रहँदासम्म कोरोनाको कुनैपनि लक्षण नदेखिएको र आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनी जेठ २२ गते घर गएका थिए । तर घर पुगेकै दिन उनको मृत्यु भएको थियो । मृत्यु भएपछि पिसिआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक, गुल्मीका ४१ बर्षीय शिक्षक, बारा कलैयाका ७० बर्षीय वृद्ध, ललितपुर बुङ्मतीका ५६ बर्षीय पुरुष, अर्घाखाँची भुमिकास्थानका एक युवक, बाजुराकी २ बर्षीया बालिका, दैलेखका ३५ बर्षीय पुरुष, दोलखाका ७६ बर्षीय वृद्ध र पाल्पाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.