१३ जेठ, काठमाडौं । गुल्मीमा गाउँपालिकाको अध्यक्षलाई पनि कोरोना संक्रमण भएको छ । गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
पोखरेलका अनुसार छिमेकी गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि धुर्कोटका केही जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी टेष्ट गरेको थियो । एक जना पदाधिकारीको रीपोर्ट पोजेटिभ आएपछि उनी र गाउँपालिका अध्यक्ष पोखरेलको पीसीआर विधिबाट परीक्षण गरिएकोमा अध्यक्ष पोखरेलको पनि रिपोर्ट पोजिटिभ आएको हो ।
पोखरेलले विज्ञप्तिमा आफू गाउँपालिका बाहिर सदरमुकाम तम्घासमा मात्र गएको भन्दै यति हुँदाहुँदै आफ्नो रिपोर्ट पोजेटिभ देखिएकाले धुर्कोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको उल्लेख गरेका छन् ।
गाउँपालिका अध्यक्षलाई नै संक्रमण पुष्टि भएपछि गाउँपालिका केन्द्र धुर्कोट क्षेत्रदेखि वडानम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ । गुल्मीमा सोमबार २ जनामा संक्रमण पुष्टि भएको थियो ।
पोखरेलद्धारा जारी विज्ञप्ति: