Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा थपिए ११४ कोरोना संक्रमित, संक्रमित संख्या ८८६ पुग्योे

Get real time updates directly on you device, subscribe now.

१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ११४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार झापामा १७, सप्तरीमा ११, मकवानपुरमा १, रौतहटमा ३६, बाग्लुङ्मा ६, रुकुममा ३, दाङ्मा १५, बाँकेमा १६, सिरहामा २ र बारामा ७ नयाँ संक्रमित देखिएको जानकारी दिएका छन् ।

संक्रमित मध्ये अहिलेसम्म १८३ जना निको भएर फर्किइसकेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रदेशगत संक्रमितको संख्या :

प्रदेश १ : १०३

प्रदेश २ : ३२४

बागमती : ३९

गण्डकी : १३

प्रदेश ५ : ३६५

कर्णाली : २५

सुदूरपश्चिम : १७

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.