Nepal's Trusted Health Online Portal

ललितपुरमा एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ललितपुर महानगरपालिका–२२ बुङ्मतीका ५६ बर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । गत ११ गते ग्वार्कोस्थित किष्ट अस्पतालको आइसियूमा भर्ना भएका उनको १४ गते मृत्यु भएको हो ।

उनको १२ गते नमुना संकलन गरी ल्याबमा परीक्षणका लागि पठाइएकोमा मृत्यु लगत्तै रिपोर्ट आएको थियो । उनलाई कलेजोको रोग रहेको प्रवक्ता देवकोटाले बताएका छन् । नेपालमा मृत्यु भएका मध्ये ४ जनाको मृत्युपछि कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक, गुल्मीका ४१ बर्षीय शिक्षक र बारा कलैयाका ७० बर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.