१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार नयाँ १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १०४२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर १५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापाका २५, सप्तरीका १४, नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, रौतहटका २०, सर्लाहीका ७, सिराहाका ६, दोलखाका २, सोलुखुम्बुका १, बझाङका १, सुर्खेतका १३, दैलेखका ८, स्याङ्जाका ३, दार्चुलाका १, कैलालीका २, मकवानपुरका १, बर्दियाका ३, बाँकेका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित मध्ये अहिलेसम्म १८७ जना निको भएर फर्किइसकेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
प्रदेशगत संक्रमितको संख्या :
प्रदेश १ : १२९
प्रदेश २ : ४१५
बागमती : ४४
गण्डकी : १७
प्रदेश ५ : ३६९
कर्णाली : ४७
सुदूरपश्चिम : २१