२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा लिजमा लिएर बनाएको संरचना भत्काउन निर्देशन दिएका छन् ।
महानगरले अस्पताललाई पत्र लेखेर नियम विपरित निर्माण भएको घर टहरा २४ घण्टाभित्र भत्काउन भनेको हो ।
पत्रमा नर्भिकले सरकारी जग्गा लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित क्यान्टिन भवन लगायतका संरचनाहरु नेपाल सरकारसँग भएको सम्झौता विपरीत र नक्शा पास स्वीकृत नगरी निर्माण भएको पाइएकोले उक्त संरचना २४ घण्टाभित्र हटाउनु भनिएको छ ।
उक्त संरचना नभत्काए नियमानुसार कार्वाही गरिने महानगरको शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्य हस्ताक्षरीत पत्रमा उल्लेख छ ।
