२३ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुको पहिलो भर्नासूची सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पठाएको छ ।
आयोगले सःशुल्कतर्फका सिटहरुमा पहिलो भर्नाका लागि यही साउन २६ गतेसम्म म्याद तोकेको छ । यसपछि सिटहरु बाँकी रहेमा आयोगले दोस्रो भर्ना सुची सार्वजनिक गर्नेछ ।
भर्नाको समयमा अनलाइनमार्फत र भर्नाको म्याद समाप्त भएको भोलिपल्ट कार्यक्रमगत विद्यार्थीहरुको नामावली लिखित रुपमा पठाउन पनि विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई आयोगले अनुरोध गरेको छ ।