३१ भदौ । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक पुरुष सप्तरी खडक नगरपालिका वडा नं ३ का हुन् । उनलाई भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान ५ बजो मृत्यु भएको हो ।
उच्च रक्तचापका समस्यासमेत रहेको उनलाई एक वर्ष देखि मृगौलाको समस्या भएको र नियमित डायलायसिस गराइरहेका थिए ।