Nepal's Trusted Health Online Portal

कोरोना संक्रमण रोक्न लकडाउन निकै उपयुक्त भएको बेलायती अध्ययनको निष्कर्ष

Get real time updates directly on you device, subscribe now.

२७ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि यूरोपेली मुलुकले समयमै गरेको लकडाउनका कारण त्यस क्षेत्रमा दशौं लाखकाे ज्यान जोगिएको एक बेलायती अध्ययनले देखाएको छ ।

बेलायतको इम्पेरियल कलेज लण्डनले यूरोपका कोरोना प्रभावित ११ वटा मुलुकमा गरेको अध्ययनमा बेलैमा चालिएको कदमले ती देशमा ३० लाख भन्दा बढी मानिसको मृत्यु हुनबाट जोगिएको देखाएको छ । ती राष्ट्रमा समयमै लकडाउन नगरेका भए र आफ्ना नागरिकलाई घरभित्रै बस्न बाध्य नपारेको भए मानवीय क्षति निकै ठुलो हुनेसक्ने अध्ययनले भनेको छ ।

यसका साथै उक्त अध्ययनले अझै खतरा टरिनसकेकोले उच्च सतर्कता र सावधानी जरुरी भएको निष्कर्ष पनि निकालेको छ । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला गत मे महिनामा गरिएको अध्ययनमा युरोपका धेरै प्रभावित बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, अष्ट्रिया लगायत ११ देशहरुलाई समेटिएको छ ।

यस्तै अर्को एउटा अध्ययनले विश्वभरी नै लकडाउन गरिएको भए छोटो समयमै अझै धेरै मानिसको ज्यान जोगाउन सकिने उल्लेख गरेको छ । संक्रमणबाट विश्वभरी ४ लाख ८ हजार बढीको मृत्यु हुँदा यूरोपमा मात्रै १ लाख ७९ हजार बढीको मृत्यु भएको छ ।

लकडाउनमा नगएको अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार बढी मानवीय क्षति भएको छ । विश्वभरी ७१ लाख ८९ हजार बढी संक्रमित भएकोमा ३२ लाख ५० हजार अझै उपचार गराइरहेका छन् । उनीहरुमध्ये ५३ हजार को अवस्था अझै जोखिमयुक्त रहेको तथ्याङ्क छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.