७ वैशाख, काठमाडौँ । नेपालमा आपतकालिन प्रयोगका लागि कोरोना भाइरस विरुद्धको रुसी खोपले अनुमति पाएको छ ।
औषधी व्यवस्था विभागले रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ लाई आपतकालिन प्रयोगका लागि नेपालमा अनुमति दिएको हो ।
यसअघि भारतीय कोभिशिल्ड र चिनियाँ खोप भेरोसेलले पनि नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।