Nepal's Trusted Health Online Portal

रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलियो, सोमबार थपिए ५३५ संक्रमित

संक्रमित संख्या ९ हजार ५६१ पुग्यो, ३७० जना डिस्चार्ज

Get real time updates directly on you device, subscribe now.

८ असार, काठमाडौं । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सोमबारसम्ममा नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

नेपालका ७७ जिल्लामध्ये अब रसुवा एउटा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको छैन ।यससँगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ९ हजार ५६१ पुगेको छ । जसमध्ये ८९४ जना महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना महिला र ४६१ जना पुरुष गरी ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज ओखलढुङ्गामा पहिलो पटक कोरोना सक्रमित भेटिएको हो ।

संक्रमितमध्ये अहिलेसम्म २ हजार १४२ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा १८१ महिला र १ हजार ९६१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ३२ जना महिला र ३३८ जना पुरुष गरी ३७० जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २२ जनाले ज्यान गुमाइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.